• बैशाख २६ २०८३, शनिबार

चोलेन्द्रले आरोप लगाएका सर्वोच्चका ६ जना न्यायाधीशलाई संसदीय समितिले बोलायो

भाद्र २९ २०७९, बुधबार

काठमाडौं । महाअभियोग समितिले सर्वोच्चको बहालवाला ६ जना न्यायाधीशलाई छलफलका लागि बोलाएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेनद्र शमसेर जबराले सर्वोच्चका ६ जना न्यायाधीशलाई आरोप लगाएपछि समितिले कामुप्रधानन्यायाधीश दीपककुमार कार्कीसहित ६ जनालाई बोलाएको हो ।

महाभियोग सिफारिस समितिले बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कार्कीसहित सर्वोच्चका न्यायाधीशहरुसँग छलफल गर्ने भएको छ। कामु प्रधानान्यायाधीश दीपक कार्की तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, डा‍.आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र हरि फुयाँललाई समितिले बोलाएको हो।

समितिका सभापति रामबहादुर विष्टले छलफलका लागि बिहीबार बिहान साढे ८ बजे कामु प्रधानन्यायाधीशसहित आरोप लगाएका न्यायाधीशहरुलाई बोलाएको जानकारी दिए। यस्तै बिहीबार दिउँसो १ बजे पूर्व प्रधानन्यायाधीशहरुलाई पनि समितिले बोलाउने निर्णय गरेको छ।