• बैशाख २६ २०८३, शनिबार

तातोपानी र रसुवागढी नाका छिट्टै खुलाउने चिनियाँ नेता लीको प्रतिबद्धता

भाद्र २८ २०७९, मंगलवार

काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष चाङ्सु लीले रसुवागढी र तातोपानी नाका छिट्टै खुलाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार विहान संघीय संसद भवनमा  राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको भेटवर्तामा चिनियाँ नेता लीले सो प्रतिबद्धता जनाएका हुन् ।

तिमल्सिनाको आग्रहमा नेता लीले छिट्टै खुलाउन पहल गर्ने प्रतिबद्धता जनाएको तिमल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिए। त्यस्तै, बीआरआई लगायतका बुहपक्षीय साझेदारी र संसदीय साझेदारीमा जोड दिइएको उनले बताए। साथै, कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरुलाई गति दिन आग्रह गरिएको उनले जानकारी दिए।

विगतमा भएको बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुंग–काठमाडौं) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीहरुले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजनाहरु पुनः संचालन तथा चाडवाडको समयमा बन्द रहेका तातोपानी, केरुङ, कोराला लगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न सम्माननीय अध्यक्षले अनुरोध गर्नु भयो भने चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षले समर्थन गर्दै छिट्टै पुरा गर्ने आश्वाशन दिएका थिए।

साथै, एक चीन नीतिमा प्रतिबद्ध रहेको उनले भेटका क्रममा बताएका थिए। भेटमा नेपालको तर्फबाट १८ सदस्यीय प्रतिनिधि मण्डल सहभागी भएको थियो।