• जेष्ठ ३ २०८३, आईतवार

राजा बन्ने बेलामा किन रिसाए चार्ल्स ?

भाद्र २८ २०७९, मंगलवार

काठमाडौं । एलिजाबेथ द्वितीयकाे निधनसँग छोरा चार्ल्स जब राजा बन्न पुगे, इन्टरनेटमा एउटा फोटो भाइरल भयो, ७३ वर्षका बुढाले बल्ल रोजगारी पाए ।

तर त्याे हाँसो ठट्टाकाे विषय थियो । खासमा उनी राजा घाेषणा हुने समारोहमै फनक्क फन्किएकाे विषय चाहिँ मानिसहरुले खुबै याद गरे । अहिले त्याे सर्वत्र भाइरल भइरहेको छ ।

उनी झन्किनुको कारण चै‌ं रोचक रहेछ । राजा हुनुअघि बेलायतमा लामै कर्मकाण्ड पछ्याउनुपर्छ । राजा हुने कागजातमा पालैपालाे सही धस्काउनुपर्छ ।

उनको एउटा टेबल उनी पुग्नु अघि नै अस्तव्यस्त जस्तो हुन्छ । त्यहाँ धेरै प्रकारका कागजसँगै कलम र मसी हुन्छन् । उनले सुरुमै टेबल खाली गर्न निर्देशन दिन्छन् र सहयोगी ले केही कागज हटाउँछन् । त्यसपछि उनी एउटा कागजमा सही गर्न थाल्छन् । अर्को कागजमा सही गर्ने बेलामा उनले हटाउ भनेको एउटा समान त्यही टेबलमा देख्छन् । । जसलाई देखेर उनी रिसाउछन् । दाह्रा किट्छन् र हटाउन लगाउछन् ।

अहिले सबैतिर नयाँ राजा रिसाएको प्रसंग चर्चित बनिरहेको छ । यस्ता राजाले देश चलाएर खाँदैनन् भन्ने आलाेचना पनि सँगसँगै उठिरहेको छ । कमनवेल्थलगायत कतिपय देशले अब बेलायती राजतन्त्रको अधीनमा आफूहरु बस्नुकाे औचित्यबारे प्रश्न समेत उठाउन थालेका छन् एजेन्सीबाट