काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पार्टीले सय सिट नपाए विद्रोह गर्ने चेतावनी दिएका छन् ।
मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको बताउदै एक सय भन्दा कम सिटमा सहमति गरे विद्रोह गर्ने चेतावनी समेत दिएका हुन् ।
बहुमत ल्याउन कांग्रेसले एक सय वटा प्रतिनिधि सभाक्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन्।