काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता डा.बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् ।
एमाले विभाजन हुँदा नेता माधव नेपालले गठन गरेको समाजवादीमा लागेका चापागाईं अर्थ तथा योजना विभागका उपप्रमुख रहेका थिए ।
आइतबार चापागाईंलाई अध्यक्ष केपी ओलीले टीका र खादा लगाएर स्वागत गरे । राससका पूर्वकार्यकारी अध्यक्ष समेत रहेका चापागाईंले आफू पुरानै घर एमालेमा फर्किएर राजनीति गर्ने बताए ।