• बैशाख २६ २०८३, शनिबार

गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व: गृहमन्त्री खाँण

भाद्र २५ २०७९, शनिबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व रहेको बताएका छन् ।

नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेसका नेताहरू गठबन्धनमा आवद्ध भएको हुनाले गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे।

उनले सत्तारूढ गठबन्धनविरूद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताउदै निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा नरहेको समेत बताए ।

उनले आफू कांग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारूढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिबद्ध रहेको समेत बताए।