काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेले जित्नको लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनुपर्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित मोरङ-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा पोखरेलले एमालेले हजै बहुमत ल्याउन सदस्यले मतदाता बढाउनुपर्ने बताएका हुन् ।
मंसिर ४ को निर्वाचनमा नेकपा एमालेले चार प्रतिशत मत बढाए बहुमत पुग्ने विश्लेषण गर्दै पोखरेलले भने, ‘यति भए सहजै एमालेको बहुमत पुग्छ ।’ काठमाडौंसहित अन्य जिल्लामा रहेका सम्पर्क मञ्चहरूले जिल्लाबाट आएका साथीहरूलाई संगठित गर्ने काम गरिरहेकोमा उनले प्रशंसा पनि गरे ।