काठमाडौं । जनता समाजवादी पार्टीको दाङ जिल्ला कमिटी नै नेकपा (मााओवादी केन्द्र)मा समाहित भएको छ । जसपाको दाङको समिति एकसय ५३ सदस्यीय रहेकोमा एकसय ३० जना भन्दा बढीको संख्यामा माओवादीमा प्रवेश गरेको जसपा दाङका अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिए ।
अध्यक्ष र उपाध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, जिल्ला सचिव लक्ष्मी चौधरी लगायतका नेता–कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएको हो ।
यस्तै जसपाका केन्द्रिय सदस्य टोपबहादुर कार्की, प्रकाश चौधरी पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई माओवादी केन्द्रका उपाध्यक्ष कृष्णवहादुर महराले स्वागत पार्टीमा स्वागत गरे ।
महराले नयाँ प्रवेशीलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताए ।