काठमाडौं । सामाजिक सञ्जालका भाइरल भएका नेता पुण्यप्रसाद गौतमलाई प्रतिनिधिसभाको एमालेले समानुपातिकमा सिफारिस गरेको छ ।
एमालेले उनलाई काठमाडौंको क्षेत्र नम्बर ३ बाट सिफारिस भएको हो । गौतमले सामाजिक सञ्जालमार्फत् आफूलाई सिफारिस भएको जानकारी दिएका छन् ।
उनले पार्टीका अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद दिएका छन् ।
यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए । उनले छिट्टै एमालेको केन्द्रीय कमिटीमा पनि स्थान पाउने आशा राखेका छन् ।