• बैशाख २६ २०८३, शनिबार

म्यानमारको र मलेसियाका लागि हरिश्चन्द्र घिमिरे  र डिल्लीराज पौडेल राजदूत नियुक्त

भाद्र २३ २०७९, बिहीबार

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारको र डिल्लीराज पौडेललाई मलेसियाका लागि राजदूत नियुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले दिएको  जानकारी अनुसार नेपालको संविधानको धारा २८२ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई राजदूत नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा राष्ट्रपतिले बेलायतका राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र अमेरिकाका राजदूत श्रीधर खत्रीलाई कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको आचार्यले जानकारी दिएका छन् ।