काठमाडौं । आज देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बिहानैदेखि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै दिउँसो देशका हिमाली, उच्च पहाडी, पहाडी तथा देशका बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमार्फत जानकारी गराइएको छ ।
प्रदेश–१, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।