काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
हरेक जनैपूर्णिमाको अवसरमा गाउँपालिकाको केन्द्रमा पर्ने नारायण मन्दिर परिसरमा भव्य मेला लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरका अनुसार परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको हो ।
यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक सङ्घ/संस्था र स्वास्थ्य संस्था बन्द हुने छन् ।