काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निरादेवी जैरुले दलित समुदायका व्यक्तिलाई हेपेर ‘कुकुर’ ‘कुकुर्नी’ जस्ता नाम राखेर नागरिकता दिने गरिएको भन्दै नागरिकता वितरण गर्ने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेकी छिन् ।
साथै उनले सप्तकोसीमा भएको बाढीका कारण त्यस क्षेत्रका नागरिक मर्कामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । काठमाडौँको फोहर व्यवस्थापन गर्नुपर्ने उनको माग छ ।