• बैशाख २६ २०८३, शनिबार

माधव नेपालले विकासका लागि सिन्को नभाँचेको ओलीको आरोप

श्रावण २३ २०७९, सोमबार

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहटबाट चुनाव जितेका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को नभाँचेको आरोप लगाएका छन् ।

रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले आफ्ना पार्टीका प्रभु साह, रघुवीर महासेठले रौतहटमा मात्र नभई तराइ मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको बताउदै नेपालले केही नगरेको बताए ।

उनले भने ‘म प्रधानमन्त्री हुँदा तराइका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन् ।’