काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट विद्यार्थी संगठन अनेरास्वियू(क्रान्तिकारी) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २७ बुँदे माग पत्र बुझाएको छ ।
अनेरास्वियू(क्रान्तिकारी) केन्द्रिय अध्यक्ष मिलन राईको नेतृत्वमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देविन्द्र पौडललाई २७ बुँदे माग पत्र बुझाएको केन्द्रिय कार्यालय सचिव राजन साउदले जानकारी गराएका छन् ।
माग पत्र बुझाउदै अध्यक्ष मिलन राईले मन्त्री पौडेललाई तपाई विधार्थी आन्दोलनको नेतृत्व जुन मुद्धा र मागलाई लिएर लड्नु भएको थियो अहिले तपाई शिक्षामन्त्री हुँदासम्म पनि फेरि ति माग लिएर हामि आएका छौँ त्यसैले यो मागहरुलाई गम्भीर रुपमा लिन र पुरा गर्न तिर लाग्न अनुरोध गरेका छन् ।
माग पत्र बुझ्दै मन्त्री देविन्द्र पौडलले ज्ञापन पत्रमा उल्लेखित केहि मागहरु अघी बढाईसकेको र अन्य मागहरुलाई पनि पुरा गर्ने गरी प्रक्रियागत रुपमा चाडो भन्दा चोडो अगाडी बढाउने प्रतिबद्धता गरेका छन् ।
माग पत्र बुझाउने कार्यक्रममा अनेरास्वियू (क्रान्तिकारी) अध्यक्ष मिलन राई, उपाध्यक्ष विरेन्द्र शाह, सचिब नवराज भट्ट, सचिवालय सदस्य गोविन्द विष्ट र केन्द्रिय सदस्य तथा केन्द्रिय कार्यालय कार्यालय सचिव राजन साउद सहभागी रहेका थिए ।