काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना पोजिटिभ देखिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । शुक्रबारसम्म अदालतमा उपस्थित भएका कार्की अहिले होम आइसोलेसनमा बसेका छन् ।
यसैबीच, कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना संक्रमित भएपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।