• बैशाख २३ २०८३, बुधबार

प्रधानमन्त्री देउवासँग साउदी राजकुमार फैसल बिनको शिष्टाचार भेटघाट

चैत्र २ २०७८, बुधबार

काठमाडौं । नेपालकाे ‍औपचारिक भ्रमणमा रहेका साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवम् चासोका विस्तृत विषयका साथै बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान गर्नेबारेमा छलफल भएको थियो ।

प्रधानमन्त्रीले साउदी भिजन २०३० को सफलताको शुभकामना व्यक्त गर्दै नेपाली आप्रवासी कामदारको हित र दुई देशबीचको आर्थिक साझेदारी एवम् सहयोगलाई थप सुदृढ गर्ने उपायबारे छलफल गरेका थिए ।

द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने नेपाल सरकारको चाहना अभिव्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गर्न आग्रह गर्दै उनले व्यापार, वाणिज्य र पर्यटन प्रवर्द्धनमा जोड दिएका थिए ।