• श्रावण १० २०८३, आईतवार

इराकस्थित अमेरिकी वाणिज्य दूतावासमा दर्जन क्षेप्यास्त्र प्रहार

फाल्गुन २९ २०७८, आईतवार

काठमाडौँ। इराकको उत्तरमा पर्ने स्वायत्त कुर्द क्षेत्रको इरबिल सहरस्थित अमेरिकी वाणिज्य दूतावासमा १२ वटा मिसाइल (क्षेप्यास्त्र) प्रहार गरिएको इराकी सुरक्षा अधिकारीहरूले बताएका छन्।

यीमध्ये धेरैजसो मिसाइल भवनमा खसेका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा अमेरिकी वाणिज्य दूतावासनजिकै भयानक विस्फोटको आवाज सुनिएको छ।

क्षेप्यास्त्र प्रहारबाट कुनै मानवीय क्षति भने नभएको बताइएको छ।