• कार्तिक ७ २०८३, शुक्रबार

युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न संयुक्त राष्ट्र संघको आह्वान

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उनले आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्नेसम्बन्धी बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । रुस-युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेरेसले शान्ति सबैभन्दा महत्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्र संघको स्थापना भएको पनि उल्लेख गरे ।