पथरी । पथरीको प्रख्यात सेल्फी रोडमा यौन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका अटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरी शनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन् ।
पथरी शनिश्चरे नगरपालिका २ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडीलाई प्रहरीले पक्राउ परेको छ ।गत भदौ ३० गते अपरान्ह साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोडबाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । उर्लाबारी स्थित मंगलबारेबाट अटोमा चढेर पथरी शनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौनक्रियाकलापमा संलग्न भएको प्रहरीले जनाएको छ ।