काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकबाट घुस लिन नमानी कारबाहीको दायरामा ल्याउने प्रहरी निरीक्षकसहित २४ जना ट्राफिक प्रहरीलाई सम्मान गरको छ ।
प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई पालना गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूको प्रलोभनमा नपरी काम गर्ने ट्राफिकलाई सम्मान गरको हो ।
नगद पुरस्कृत तथा प्रशंसापत्रसहित सम्मानित हुनेहरूमा प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठसहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव साथै प्रहरी जवानहरू किसान चन्द्र गौतम, धनवीर जि.सी. ,सबिना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला छन्।
त्यस्तै, प्रहरी नायब निरीक्षक मिलन कुमार सिंह, प्रहरी हवल्दार ईश्वर सिंह धामी, भीमबहादुर बोहोरा, नगकुल गिरी, बिनोद गोतामे, सन्तोष कुमार साह, रामजी साह, प्रविन मोक्तान, दधिराम बि.सी. त्यस्तै प्रहरी जवान हरि बहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेश राज पनेरु, गुणाकर अवस्थी, अरुण बहादुर अधिकारी रहेका छन्।
महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले सम्मानित हुने सम्पूर्ण ट्राफिक प्रहरीलाईे प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गरेको महाशाखाले जनाएको छ ।