• बैशाख २८ २०८३, सोमबार

काठमाडौं आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

आश्विन १ २०७८, शुक्रबार

काठमाडौँ। सरकारले चीनबाट खरिद गरेको कोभिड-१९ विरुद्धको ४४ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ।

खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी-३३० जहाज बिहीबार बेइजिङ गएको थियो ।

सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।