काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् । देउवाले मोदीको दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।
मोदी आजदेखि ७१ वर्षमा प्रवेश गरेका छन् ।