लोकेन्द्र सेर्पाली, गोवा । भारतको गोवामा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन् । सेप्टेम्बर ११ मा रुकुम खलंगा–५ बागबजार निवासी अन्दाजी वर्ष ४६ कि गिता खड्काले घरमा कोही नभएको समयमा झुण्डिएर आत्महत्या गरेकी बताइएको छ । मृतक गिता खड्काका परिवार सहित २५ वर्षदेखि गोवामा बस्दै आएका थिए ।
उनका परिवारमा श्रीमान सहित एक छोरा बुहारी एक छोरी र ज्वाइँ छन् । उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन ।
उनका श्रीमान लालबहादुर खड्काले आफू घरमा नभएको समय पारेर श्रीमतीले पासो लगाएको र आफू घरमा आउँदा श्रमितीको मृत शरीर फेला पारेको बताए ।
उनले त्यसपछि आफूले छिमेकीहरुलाई हारगुहार गरेर पोस्टमार्टमको लागि गोवा मेडिकल कलेजमा लगेको बताए । गिताको अन्त्यष्टी गोवामै गरिएको छ ।
मृतकको परिवारलाई गोवामा बस्ने नेपालीले रू ८,३२० नेपाली रुपैयाँ आर्थिक सयोग गरेको छिमेकी दीपिका केसीले बताइन् ।
गोवामा रोजगारीका लागि गएका नेपालीहरुको विभिन्न कारणले मृत्यु हुँदै आएको संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताए ।