धादिङ । धादिङ थाक्रे गाउँपालिका-७ सोप्याङखोलास्थित सडकमा ट्रक ब्रेकफेल भएर ८० मिटर तल खस्दा एक जनाको ज्यान गएको छ ।
ना.५ ख ८६४२ नम्बरको ट्रक व्रेकफेल भएर सडकबाट करिब ८० मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा ट्रकमा सवार मकवानपुर थाहा नगरपालिका-१ बस्ने ४३ वर्षीय सुन्दर प्रधानको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।