काठमाडौं । सरकारले सुकुम्वासीका समस्याहरु समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त अध्यक्ष निरौलाले बुधबार शपथ ग्रहण
लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरु समाधान गरिने बताए । उनले दलित भूमिहीन र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गरिने बताए ।