ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले श्रमिकलाई काम लगाएपछि उचित ज्याला अनिवार्य दिनुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको १२औँ साधारणसभा एवं पाचौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले श्रमिकलाई काममा लगाएपछि उनीहरुले पाउने उचित ज्याला अनिवार्य रुपमा दिन निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।
उनले भने, ‘असल कामदार बिनाको काम सम्पन्न गर्न निकै चुनौती हुने भएकाले तपाईहरु उहाँहरुको सम्मान गर्दै अघि बढ्नुपर्ने र यस क्षेत्रको समस्या समाधानका लागि निर्माण व्यवसायीको आचारसंहिता निर्माण गर्न जरुरी छ ।’