• बैशाख २८ २०८३, सोमबार

सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने सर्वोच्चको अन्तरिम आदेश

भाद्र २९ २०७८, मंगलवार

काठमाडौँ। सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको रिटमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलास यस्तो आदेश जारी गरेको हो।

निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च पुगेका थिए। रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो।

२७ भदौमा न्यायाधीश मीरा खड्काको एकल इजलासले आजका लागि छलफलमा बोलाउने आदेश दिएको थियो। आदेशमा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गरेकोमा कुनै कारबाही नगर्न एमालेलाई आदेश गरिएको थियो।