• बैशाख २८ २०८३, सोमबार

दैलेखमा विभत्स हत्या गरिएको अवस्थामा शिक्षकको शव फेला

भाद्र २९ २०७८, मंगलवार

दैलेखमा विभत्स हत्या गरिएको अवस्थामा एक जना शिक्षकको शव फेला परेको छ। गुराँस गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र विसीको शव भेटिएको हो।

मंगलबार बिहान रक्ताम्मे   अवस्थामा  सोही विद्यालयमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। बिहान स्थानीयले  शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ईन्द्रजीत सुनारको नेतृत्वमा टोली घटनास्थल पुगेको छ।

उनको गएराति कसैले हत्या गरेको हुन सक्ने अनुमान गरिएको र प्रारम्भिक अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ।