• बैशाख २८ २०८३, सोमबार

घाँटी रेटेर आठ महिने शिशुको हत्या गर्ने आमा–बुवा पक्राउ

भाद्र २९ २०७८, मंगलवार

रुपन्देही । आठ महिने शिशुको हत्या गर्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको गैडहवाका एक दम्पतीले आफ्नै आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेका छन्।

मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ।

हत्याको विस्तृत जानकारी बाहिर आइसकेको छैन । जग्गा सम्बन्धी विवादका कारण उक्त घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।