काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठक सुरु भएसँगै एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । तथापि, सभामुख अग्निप्रसाद सापकोटाले बैठकको प्रक्रिया अघि बढाएका हुन् ।
विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।