नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैंडाकोटमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउने तीन जनाको परिचय खुलेको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा बर्दिया बाँसबारी–८ बस्ने ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर बस्ने अन्दाजी ४० वर्षीय किरङ्गी तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने अन्दाजी ३५ वर्षीय कृष्ण राना रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले जनाएको छ।
यस्तै दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा जुम्ला तिला गाउँपालिका–४ बस्ने ३३ वर्षीय टोपबहादुर शाही, बर्दिया बाँसगढी–८ बस्ने ८२ वर्षीय डिल्लीराम सुवेदी र कञ्चनपुर बेलपुर–९ बस्ने ३२ वर्षीय चित्रदेव लेखक रहेका छन्।
अन्य घाइते हुनेहरुमा झापा बाहुनडाँगीका १६ वर्षीय पारस ढकाल, मोरङ विराटनगर–३ बस्ने २१ वर्षीया पूजा रेग्मी, त्यही ठाउँ बस्ने २८ वर्षीय सरोज पोखरेल, कैलाली बस्ने १६ वर्षीया रोशनी अधिकारी, कञ्चनपुर महेन्द्रनगर –१ बस्ने ४९ वर्षीय मोहन कोइराला छन् । दुर्घटनामा परी जुम्ला तिला गाउँपालिका–४ बस्ने २६ वर्षीय चन्द्रनाथ योगी, बस चालक कञ्चनपुरका ४२ वर्षीय लालवीर लोहार, रूपन्देही बस्ने २८ वर्षीय सुरज अधिकारी, झापा बस्ने ३६ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।
अन्य घाइतेहरूमा कञ्चनपुर झलारी बस्ने २६ वर्षीया उर्मिला तिरुवा, ट्रक चालक प्युठानका २७ वर्षीय अमृत सिंह विष्ट, सुर्खेत विरेन्द्रनगरका ४० वर्षीय रामबहादुर थापा, नवलपुर हुप्सेकोट गाउँपालिका –३ बस्ने २६ वर्षीया सविना लिम्बु ,त्यही ठाउँका २ वर्षीय जोशन सारु मगर, नवलपुरका १८ वर्षीया गङ्गा ओली, सुर्खेत विरेन्द्रनगर–७, बस्ने ४२ वर्षीय मनकुमार थापा र महोत्तरी बर्दिवासका २३ वर्षीय रमेश यादव छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका अनुसार घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। दुर्घटनामा परि सामान्य घाइते भएका चार जनाको भने डिस्चार्ज बताइएको छ। काँकडभिट्टादेखि महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको यात्रुवाहक बस र ना ६ ख ७१२६ नम्बरको ट्रक आज बिहान चार बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।