• बैशाख २८ २०८३, सोमबार

घरको छतबाट लडेर मृत्यु

भाद्र २७ २०७८, आईतवार

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१२ कपन जम्दार चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३० वर्षीया राधिका बानिया परियारको घरको छतमा लुगा सुकाउने क्रममा छतबाट चिप्लिएर तल खस्दा आइतबार बिहान मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएकी उनको हेल्पिङ ह्‍यान्ड अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।