गुल्मी। गुल्मीमा शनिबार बिहानदेखि हराएकी तीन बर्षीया बालिका मृत फेला परेकी छिन्।
जिल्लाको मदाने गाउँपालिका वडा नम्वर २ बाँझकटेरीकी ३ वर्षकी आयुषा पोखरेल घरदेखि करिब ५०० मिटर नजिकैको झाडीमा मृत अबस्थामा आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ।
घटना स्थलमा अहिले प्रहरी निरीक्षकसहितको टोली पुगेको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।