• बैशाख २८ २०८३, सोमबार

किशोरी बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

भाद्र २६ २०७८, शनिबार

काठमाडौं । तीजको नाच हेर्ने गएकी दाङकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यमबहादुर मास्की र २७ वर्षीय बिनाराम मर्साङी रहेका छन् ।

ती किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लेबर नजिक जंगलमा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।