• बैशाख २८ २०८३, सोमबार

मेलम्ची खानेपानी पुनर्निर्माण : चैतसम्म काठमाडौंमा फेरि पानी झार्ने

भाद्र २५ २०७८, शुक्रबार

काठमाडौं । सरकारले चैत मसान्तसम्ममा बाढीले रुग्ण बनेको मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषणा गरेको छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैतसम्म काठमाडौंमा फेरि पानी झार्ने उल्लेख छ ।

बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा भनिएको छ, ‘बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सम्बत् ३०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनस्र्थाजना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु ।’

त्यस्तै नदी कटान एवं बाढि पहिरोका कारण भएको सडकलगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुनस्र्थापन कार्यक्रमका लागि बजेटको ब्यवस्था गरिएको पनि अर्थमन्त्री शर्माले बताएका छन् ।