काठमाडौं । ओखलढुंगामा दाजुले भाइको हत्या गरेका छन् । खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार खुकुरी र दाउ प्रहार गरी हत्या भएको छ ।
हत्या आरोपमा उनका आफ्नै भाई ६७ वर्षीय शेरबहादुर तामाङ र शेरबहादुरका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो साढे १२ बजे तामाङको हत्या भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।
दुबै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाउसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अंशबण्डाको विषयमा विवाद हुँदा धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्रबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको थियो ।
अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थल गएको छ । घटनास्थल जिप्रकाबाट अन्दाजी ६० किलोमिटर पश्चिम उत्तरमा छ ।