काठमाडौं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा वडाध्यक्ष रमेश डंगोलले तोडफोड गरेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष डंगोलले शुक्रबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखको कार्यकक्षको ढोकामा लात्ती हानेर तोडफोड गरेका हुन् ।
वडाध्यक्ष डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेको बताएका छन् । उनले तीन जना नै अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हानेका थिए ।आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको बताइएको छ। साथै, अन्य भौतिक क्षति पनि पुगेको बताइएको छ ।
घटनापछि मेयर विद्यासुन्दर शाक्यले घटनास्थलको मुचुल्का उठाउन निर्देशन दिएका छन् । तोडफोडबाट भएको क्षति वडाध्यक्ष डंगोलबाटै भराउने मेयर शाक्यको तयारी छ ।