• बैशाख २८ २०८३, सोमबार

बिजुली किनिदिन आग्रह गर्न भारत गयो कुलमानको टोली

भाद्र २५ २०७८, शुक्रबार

काठमाडौं । काठमाडौं । विद्युत कच्चा पदार्थ हो । कच्चा पदार्थबाट नै हरेक वस्तु बनाउन सम्भव छ । तर कच्चा पदार्थ नै बिक्री गरेपछि के वस्तु बनाउने ?

नेपाल विद्युत प्राधिकरणको टोली भारत दौडाहामा छ भन्ने खबर सञ्चारमाध्यममा आइरहँदा नेपालमा उत्पादन गरिएको बत्ति नेपाली जनताले बाल्न वा अन्य कुनैपनि प्रयोजनमा प्रयोग गर्नका लागि हो ? भनेर प्रश्न उठेको छ । माथिल्लो तामाकोशीको ४६५ मेगावाटमा विजुली उत्पादन शुरु गर्न लागेपछि वर्षायामको बिजुली खेर जान नदिन प्राधिकरणको टोली भारतका विभिन्न ऊर्जासम्बद्ध निकायमा छलफलका लागि पुगेको हो ।

विद्युतको बजार खोज्दै भारत पुगेको टोलीले लामो समयदेखिको व्यवसायिक सम्बन्धका आधारमा भएपनि विद्युत ब्यापारको ढोका खोलिदिन आग्रह गरेको जनाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका सम्भावनाका बारेमा भारतीय अधिकारीहरुसँग छलफल गरेको छ ।

विद्युत प्राधिकरणले आफ्ना सहयायक कम्पनी र जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत वर्षायाममा मुलुकभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि घिसिङ नेतृत्वको टोली व्यापारको बन्दोबस्ती गर्न भारततर्फ गएको हो । टोलीले भारतको विद्युत मन्त्रालय तथा केन्द्रीय विद्युत प्राधिकरणका अधिकारीहरुसँग भेट गरेको छ ।