काठमाडौं । बितेको २४ घण्टामा देशभर १२७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदै गर्दा १८४५ जना सङ्क्रमणमुक्त भएर घर गएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनामा परीक्षण गर्दा १२७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७४ हजार ५८७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार २१९ जना पुगेको छ । यस्तै कुल सङ्क्रमितमध्ये ७ लाख ३५ हजार ६ जना निको भइसकेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो थप १४ जनासँगै मृतकको कुल सङ्ख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ ।