• बैशाख २८ २०८३, सोमबार

नेपाल मगर संजाल क्लवले प्रथम वार्षिकोत्सव मनाउने

भाद्र २४ २०७८, बिहीबार

काठमाडौँ । नेपाल मगर संजाल क्लवले आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सव एक भव्य कार्यक्रम गरेर मनाउने भएको छ ।

यही २०७८ साल असोज २ गते राजधानीको ठमेलको गल्कोपाखास्थित एक रेस्टुरेन्टमा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरको प्रमुख आतित्यमा मनाइने सो वार्षिकोत्सव कार्यक्रममा विभिन्न कार्यक्रमहरु गरिने क्लवले बताएको छ ।

नेपाल मगर संजाल क्लवका अध्यक्ष तिलक पुनमगरका अनुसार वार्षिकोत्सव कार्यक्रममा वर्ष २०७७ को उत्कृष्ट मगर घोषणा भएकी जुनु पुनमगर, कमेडी च्याम्पियन पहिलो सिजनका फस्ट रनर अप खड्गबहादुर पुनमगर ‘खबपु’, द भ्वाइस अफ नेपाल तेस्रो सिजनकी फस्ट रनर अप तारा श्रीषमगर, सोही गायन प्रतियोगितामा उत्कृष्ट आठमा पुग्न सफल गोविन्द पुन, उत्कृष्ट ११ मा पुगेका विजय ठाडामगर, सहभागी कपिल पुन, सुनिल थापामगर, गनविर बुढामगर सहितका कलाकारहरु सहित केही मिडिया र संजाल क्लवलाई सहयोग गर्ने अभियन्ताहरुलाई सम्मान गरिने छ ।

वार्षिकोत्सव कार्यक्रममा मगर समुदायबाट ख्याती कमाएका विशेष कलाकारहरुको उपस्थिति रहने साथै देशभरिको मगर संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम समेत गरिने बताइएको छ ।