• बैशाख २८ २०८३, सोमबार

नेपाल सरकारलाई एमसीसीको जवाफ,सबै बुँदाको एक-एक गरी जवाफ पठायो

भाद्र २३ २०७८, बुधबार

काठमाडौं । नेपाल सरकारलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौतामा विवादित विषयमाथि जवाफ पठाएको छ ।

एमसीसीको मुख्यालयले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत बुधबार जवाफ पठाएको हो । सरकारले सोधेका विभिन्न ११ बुँदे प्रश्नहरुको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको हो । उच्च स्रोतकाअनुसार एमसीसीले सबै बुँदाको एक-एक गरी जवाफ दिएको छ ।

एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर नेपाल सरकारले भदौ १८ गते वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ नेपाल सरकारलाई पठाएको अमेरिकी राजदूतावासले जनाएको छ ।

एमसीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा एमसीसीले राजदूतावासमार्फत नेपाललाई विवादित बुँदाका विषयमा जवाफ पठाएको हो ।

२०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ । एमसीसी पास गर्ने/नगर्नेबारे नेपालका दलहरु विभाजित छन् । आम जनस्तर र बद्धिजिवि पनि अ‍ेरिकाको उक्त प्रस्तावसँग सहमत नभएको अभिव्यक्ति लगायत विभिन्न विरोधका कार्यक्रमहरु हुँदै आएको छ ।