काठमाडौं । नेपाली फिल्ममा निर्देशक घिमिरेले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिने भएको छ ।
‘क्वालिटी फिल्मसले राजधानीमा आयोजना गर्न लागेको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ मा निर्देशक तुलसी घिमिरेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ ।
आगामी दशैंको छेकोमा आयोजना हुन लागेको अवार्डका लागि आयोजकले मनोनयन सार्वजनिक गरेको छ । आयोजकले पत्रकार तुलसी गिरी ‘भावुक’लाई समेत पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ ।
आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङले लोक, आधुनिक, पप आधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायकगायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वनि मिश्रण जस्ता विधाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको बताए ।