• बैशाख २८ २०८३, सोमबार

बीपी प्रतिष्ठानको उपकुलपति कार्यलयमा तोडफोड

भाद्र २१ २०७८, सोमबार

धरान । संघीय लिम्बुवान मञ्च धरानका कार्यकर्ताहरुको समूहले सोमबार बीपी प्रतिष्ठान परिसरमा प्रवेश गरेर उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका छन् ।

सरकारले माग पूरा नगरेको भन्दै सेवा ठप्प गरेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका चिकित्सकहरुको उक्त निर्णयको विरोधमा संघीय लिम्बुवानका कार्यकर्ताहरु भौतिक आक्रमणमै उत्रिएर उपकुलपतिको कार्यकक्ष तोडफोड गरेका हुन् ।

उपकुलपतिसहित अन्य पदाधिकारीको कार्यकक्षमा आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला पनि उनीहरुले फुटाएका छन् । ताला फुटाउँदै लिम्बुवान कार्यकर्ताहरुले यथाशीघ्र ओपिडीलगायतका सेवा सूचारु गर्न माग गरेका छन्।

आइतबार राजनीतिक कार्यकर्ताहरुले उपचार सेवा ठप्प नपार्न आग्रह गरेका थिए ।