• बैशाख २८ २०८३, सोमबार

अर्घाखाँचीमा हाइस दुर्घटना : एकको मृत्यु, ११ घाइते

भाद्र १९ २०७८, शनिबार

काठमाडौँ । अर्घाखाँचीको शितगंगामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

काठमाडौँबाट अर्घखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा नगरपालिका- ३ स्थित बरबोटमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिक छन् ।

हाइसमा चालक र सहचालक सहित १३ जना सवार थिए। अहिले दुर्घटनामा घाइते भएकाको उद्धार गरी उपचारको लागि बुटवल पठाइएको छ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।