• बैशाख २८ २०८३, सोमबार

दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

भाद्र १८ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अगाडि अनेरास्ववियुले भारतीय सुरक्षाकर्मीकै कारण दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको हो ।

पुत्ला दहन गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा विद्यार्थीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद लगाएतका नारा लगाएका थिए ।

गत साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।