• बैशाख २८ २०८३, सोमबार

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० जना पक्राउ

भाद्र १८ २०७८, शुक्रबार

काठमाडौँ। एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘एमसीसी खारेज राष्ट्रिय अभियान’का व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ।

उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए ।