काठमाडौं । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै रिट दायर भएको छ ।
कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा ठुलै संख्यामा मानिसको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै रिटमा त्यसलाई रोक्नका लागि माग गरिएको छ ।
आज बिहिबार सर्वोच्च अदनलतमामा दर्ता भएको उक्त रिटको आइतबार पेशी तोकिएको पोखरेलले जानकारी दिए ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।