• बैशाख २७ २०८३, आईतवार

भरतपुर अस्पतालको लेखा शाखामा अख्तियारको छापा

भाद्र १७ २०७८, बिहीबार

चितवन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भरतपुर अस्पतालको लेखा शाखामा छापा मारेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि बिहीबार अख्तियार हेटौंडाकाे पाँच जनाको टोलीले टाेलीले छापा मारेको हाे।

औषधि खरिद गर्न एउटालाई ठेक्का लगाएर अर्कोसँगबाट औषधि किनेको भन्ने उजुरीका आधारमा छापा मारेकाे बताइएकाे छ।

अख्तियारले लेखा शाखामा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएकाे र स्टोरमा औषधिको स्टक र बिक्रीको विवरण ​हेरिरहेकाे बताइएको छ ।

बीमाको औषधि किन्दा चिकित्सकले ५ वटा औषधि लेखेर दिएपनि बीमाबाट जम्मा १ वटामात्र औषधि निःशुल्क पाउने र अन्य बाहिरबाट किन्नुपर्ने समस्या रहरेको बताइएको छ । अख्तियारमा आर्थिक वर्ष २०७३/७४ देखि अनियमितता हुने गरेको उजुरी परेको जानकारी गराइएको छ ।