• बैशाख २७ २०८३, आईतवार

उपत्यकाका प्रजिअहरूकाे बैठक बस्दै, विद्यालय सञ्चालनबारे के होला निर्णय

भाद्र १६ २०७८, बुधबार

काठमाडौँ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकले जारी निषेधाज्ञाका केही प्रावधानहरुलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने बताइएको छ।

अबको निषेधाज्ञामा विद्यालय पनि सञ्चालन गर्न दिने तयारी पनि भएको जनाइएको छ । तर विद्यालय सञ्चालनको मोडालिटी तयार भइनसकेकाले त्यसबारे आवश्यक छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । कोरोना भाइरसको महामारी बढेपछि गत वैशाख १७ देखि निषेधाज्ञा जारी छ ।